२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्तनगरदेखि हरिद्वारसम्म बससेवा

रेडियो नेपाल २०७६ माघ २३ गते ८:३८

कञ्चनपुर-कञ्चनपुरको भीमदत्तनगरदेखि भारतको हरिद्वार र देहरादुनसम्म बससेवा सञ्चालनमा ल्याइएको छ । पवनदूत बस व्यवसायी कम्पनी प्रालिले सीधा स्थानमा नेपाल भारतमैत्री बससेवा सञ्चालन ल्याएको जनाएको छ ।

प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बुधबार बससेवाको शुभारम्भ गर्नुभयो ।भीमदत्तनगरदेखि हरिद्वार र देहरादुनसम्म करिब ३५० किलोमिटर दूरी रहेको छ । प्रत्येक दिन साँझ ६ बजे वातानुकूलित बस छुट्ने छ ।

कम्पनीका अध्यक्ष धर्मबहादुर महराले बससेवा सञ्चालन भएपछि यात्रुलाई सहज हुने जानकारी दिनुभयो । बससेवाले पर्यटन भ्रमण वर्षलाई समेत सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

१ घन्टा अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

२ घन्टा अगाडि रेडियो नेपाल