तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष प्रचण्डसँग बेलायती राजदूतको भेटवार्ता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले भेटवार्ता गर्नुभएको छ ।Image may contain: 2 people, indoor

बिहीबार विहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको अध्यक्ष प्रचण्डले बताउनुभयो । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउनुभयो । Image may contain: 2 people, people sitting and indoor

तपाईंको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ प्रचण्डले भन्नुभयो । भेटका अवसरमा अध्यक्ष प्रचण्डले आर्थिक नेपालको समृद्धिको अभियानमा बेलायतको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गरेको स्मरण गर्दै नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।Image may contain: 1 person, indoor

प्रतिक्रिया राख्नुहोस्

Back to top button