तपाईँ सुन्दै हुनुहुन्छः

बिजुली बत्ती नआएपछि पोल टौवामा प्रयोग

सल्यान । घर नजिकै बिजुलीका पोल गाडिएको लामो समय भए पनि जिल्लाको कालिमाटी गाउँपालिकाका बासिन्दा अध्यारोमा बस्न बाध्य भएका छन् । लामो समयसम्म बिजुली बत्ती नबलेपछि गाडिएका पोल किसानले टौवाको रुपमा प्रयोग गर्दै आईरहेका छन् ।

पोल गाडेको झन्डै सात बर्ष बितिसक्दा समेत गाउँमा बिजुली बल्न नसक्दा अध्यारोमा बस्न बाध्य भएका हुन् । पोल गाडेको लामो समय बितिसक्दा पनि कसैले बिजुली जोड्ने कुरामा चाँसो नदिएको स्थानीयको गुनासो रहेको छ ।

गाउँपालिकाको बजेटबाट भएपनि बिजुली बत्ती बाल्नु पर्ने कालिमाटी गाउँपालिका ३ कालिमाटीका इन्द्रलाल भण्डारीले बताउनुभयो ।
विद्युतका पोल गाड्दा बिजुली बत्ती बाल्न पाइने भो भनेर खुशी लागे पनि हालसम्म बत्ती बनाल्दा खुशी निरासामा परिणत भएको टाट्केका लाल बहादुर थापाले बताउनुभयो ।

फागुन भित्र कालिमाटी गाउँपालिका केन्द्रमा बिजुलीको तार तान्ने गरी तयारी भईरहेको गाउँपालिका अध्यक्ष दानबहादुर केसी खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो ‘६ वर्ष अघि गाडिएका पोल साविकको गाविस हुँदा गाडिएका हुन् । कुनै योजना बिनौ नै गािडएका थिए । अहिले टेन्डरबाट अघि बढेका छौं ।’

गत वर्ष गाउँपालिकाले गरेको टेन्डरमा मुद्या परेपछि काम हुन नसकेको बताउदै गाउँपालिका अध्यक्ष खत्रीले अहिले टेन्डर भई सम्झौता समेत भईसकेको बताउनुभयो । फागुन भित्र वडा न ६ र गाउँपालिका केन्द्र सम्म बिजुलीको तार तानी छिटै बिजुली बाल्ने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button