तपाईँ सुन्दै हुनुहुन्छः

सरस्वतीको पोष्टमा गोलको वर्षा गर्दै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं। जारी सहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा मच्छिन्द्र क्लब उक्लिएको छ । रेलिगेशनमा संघर्ष गरिरहेको सरस्वती युथ क्लबमाथि ६–१ गोलको जित निकाल्दै मछिन्द्र शिर्ष स्थानमा उक्लिएको हो ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको सरस्वतीमाथि मच्छिन्द्रले गोल वर्षा गरेको हो ।

खेलको पहिलो हाफको ३९ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफको ५४ औं मिनेटमा दिपक राईले गोल गर्दै अग्रता दोब्बर बनाए ।

५९ औं मिनेटमा विशाल राई ‘ए’ले तेस्रो गोल गर्दा ७७ औं मिनेटमा दिपक राईले अर्को गोल थपे । इन्जुरी समयमा मच्छिन्द्रका लागि सोमिडे अडिलेजा र आन्द्रेस नियाले थप एक–एक गोल गरे ।

सरस्वतीले ८७ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै सान्तवना गोल गर्यो । जितसँगै ११ खेलबाट २५ अंक जोडेको मच्छिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आर्मी २३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button