तपाईँ सुन्दै हुनुहुन्छः

शालिनदीमा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौँ। काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ ।

श्री स्वास्थानीको व्रत बसेकाहरु स्नान गर्न र स्वास्थानी माताको दर्शन गर्न देशभरीबाट श्रद्धालु भक्तजनहरु आउने क्रम जारी रहेको छ । शालिनदीमा स्नान गरे मनले चिताएको पूरा हुने जनविश्वास रहेकाले प्रत्येक दिन बिहानैदेखि भक्तजनहरुको भिड लाग्ने गरेको छ । मेला व्यवस्थापन समितिका अनुसार शालिनदी किनारामा देशभरबाट आएका दुई सय ५० भक्तालुहरु व्रतबास बसेका छन् ।

पौष शुक्ल पूर्णिमा देखि शुरु भएको श्री स्वस्थानी व्रत तथा माधवनारायण मेलामा माघ शूक्ल पूर्णिमासम्ममा ३० लाख भन्दा बढि भक्तजन दर्शनका लागि आउने मेला व्यवस्थापन समितीले जनाएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button