तपाईँ सुन्दै हुनुहुन्छः

कार्यदलको अध्ययन प्रतिवेदन आएपछि एमसीसी संसदबाट पारित हुन्छ : मन्त्री भट्ट

फाइल तस्बिर

धनगढी । उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले एमसीसी संसदबाट पारित हुने बताउनु भएको छ ।

प्रेस संगठन नेपालद्धारा आज धनगढी बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले एमसीसीको सम्बन्धमा मत फरक–फरक देखिएपनि कार्यदलको अध्ययन प्रतिवेदन आएपछि अघि बढ्ने बताउनुभयो ।

मन्त्री भट्टले दोधारा–चादनी सुख्खा बन्दरगाह र बिशेष औद्यौगिक क्षेत्र स्थापनका लागि अध्ययनको काम थालिएको बताउनुभयो ।

सञ्चारक्रर्मीको जिज्ञासामा मन्त्री भट्टले प्रधानमन्त्री भष्ट्रचार निवारणका लागि दृढ संकल्प रहनु भएको उल्लेख गर्दै ललिता निवास जग्गा प्रकरणमा भष्ट्रचार मुद्दा दायरको बिषय अख्तियारको क्षेत्राधिकार भएको बताउनुभयो ।

उहाँले गेटा मेडिकल कलेजको सञ्चालन विधिका सम्बन्धमा छलफल भइरहेको र जनताको आवश्यकता अनुसार अघि बढाइनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button