तपाईँ सुन्दै हुनुहुन्छः

तीन सय शैयाको राष्ट्रिय सरूवा रोग अस्पताल निर्माण गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले संघ अन्तर्गत रहने गरी तीन सय शैयाको राष्ट्रिय सरूवा रोग अस्पताल निर्माण गर्ने भएको छ ।

यही माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन सय शैयाको राष्ट्रिय सरूवा रोग अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिइएको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले कास्की जिल्लामा रहेको क्षेत्रीय क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

बैठकले २५ सय ६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजन आयोजना गर्न संरक्षक समिति र आयोजक समिति गठन गर्ने र रानाथारू समूदायलाई अलग्गै आदिवासी जनजातिका रूपमा सूचिकृत गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि नेपाल सरकारलाई विश्व बैंकबाट प्राप्त हुने करिब २२ अर्व ८० करोड दोस्रो थप क्रृण सहायता स्वीकार गर्ने, युगाण्डाको कम्पालामा आयोजना हुने सम्मेलनको तयारीका लागि नेपालका तर्फाबाट बिशेष आर्थिक योगदान स्वरूप १० हजार अमेरिकी डलर प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी बैठकले नेपाल सहरी सडक मापदण्ड २०७६, नवप्रवर्तन शुरुवाती पूँजी अनुदान कार्यविधि २०७६ र प्राइभेट फर्म रजिष्ट्रेशन बाह्रौं संशोधन नियमावली २०७६ स्वीकृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button