तपाईँ सुन्दै हुनुहुन्छः

कोराना भाइरस विरुद्घ जुद्न चीनमा जनयुद्ध घोषणा

बेइजिङ ।  कोरोनामा भाइरस बारे विश्वलाई चेतावनी दिने पहिलो चिकित्सक समूह मध्येका एक चिकित्सकको उक्त भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

३४ बर्षिय चिकित्सक लि वेनलियाङको उहान शहरको एक अस्पतालमा उपचारको क्रममा भएको हो ।
उनीले एक भिडियो सन्देश मार्फत पहिलो पटक यो भाइरसको विषयमा जानकारी दिएर विश्वलाई सचेत रहन चेतावनी दिनुभएको थियो ।

यसैबीच चिनिया सरकारले कोरोना भाइरस विरुद्घको अभियानलाई जनयुद्घको रुपमा अघि बढाइने घोषणा गरेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले चीनले कोरोना भाइरसलाई परास्त गर्ने आश्वासन दिदैं यो संघर्षलाई जनयुद्घको रुपमा लिन आग्रह गर्नुभएको हो ।

चिनिया राष्ट्रिय स्वास्थ्य आयोगका अनुशार चीनमा कोरोना भाइरसका कारण हालसम्म ६ सय ३६ जनाको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button