तपाईँ सुन्दै हुनुहुन्छः

गिट्टी कुटेर परिवार पाल्न विवश छन्, शारीरिक अपाङ्ग विष्ट

खोटाङ-तेजबहादुर विष्टको दाहिने खुट्टाको कम्मरमुनिको भाग छैन । वैशाखीको सहाराबिना उहाँ हिँडडुल गर्न सक्नुहुन्न । शारीरिकरूपमा अपाङ्ग भएपनि उहाँले गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आउनुभएको छ ।

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३१ वर्षीय उहाँले विगत सात वर्षदेखि गिट्टी कुटेर आफ्नो परिवारको जीविकोपार्जन चलाउँदै आउनुभएको छ । विसं २०६९ मा ट्र्याक्टर दुर्घटना हुँदा उहाँले दाहिने खुट्टा गुमाउनुभएका थियो । परिवारमा २५ वर्षीया श्रीमती सरिता, १४ वर्षीय छोरा कपिल र अर्का ११ वर्षीय छोरा विमल रहेका छन् । कपिल कक्षा ७ र विमल कक्षा ४ मा अध्ययनरत छन् ।

उहाँलाई पछिल्लो समय दैनिक गुजारा चलाउन धौ धौ परेको छ । खेतीपातीबाहेक आम्दानीको स्रोत नभएका विष्ट परिवार अहिले आर्थिक गर्जो टार्न बुनीबुतो र ज्यालादारीको काम गर्दै आएका छन् । युवावस्थामै अपाङ्ग बन्नुभएका उहाँ अहिले गाउँपालिकाको लगानीमा निर्माणाधीन सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पको कार्यालय भवनमा आवश्यक गिट्टी कुट्नुहुन्छ ।

निर्माणस्थल तथा बाहिर हिँडडुल गर्न वैशाखीको सहारा लिनुपर्ने उहाँ दिनभर गिट्टी कुटेर दैनिक रु ४५० सम्म कमाउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button