तपाईँ सुन्दै हुनुहुन्छः

चौथो सिजनसम्म आइपुग्दा इपिएलले पायो आइसिसीको मान्यता

काठमाडाैं । घरेलु लिग एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता प्रदान गरेको छ ।

आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने चौथो संस्करणको इपिएललाई आधिकारिक मान्यता दिएको हो ।

यसपटक टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल आउँदैछन् । नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजादलगायत छन् ।

गेलले पोखरा राइनोजबाट स्मिथले भैरहवा ग्लाडीयटर्सबाट थरङ्गाले ललितपुर प्याट्रियट्सबाट तथा साहजादले चितवन टाइगर्सबाट खेल्ने तय भएको आयोजकले जनाएको छ ।

इपिएलको खेल तालिकालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वीकृत गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button