तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रतिनिधि सभाको आजकोे बैठक पनि प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ ।

ललिता निवासको जग्गा प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका कारण मुद्दा लगाएको भन्दै त्यसको बिरोध स्वरुप आज पनि सदन चल्न नदिएको हो ।

प्रतिनिधि सभाको बैठक शुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले सभामुखसँग समय माग गरी अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले आफ्नो पार्टीका नेता गच्छदारलाई राजनीतिक पुर्वाग्रहका आधारमा मुद्धा लगाएको बताउनुभयो ।

सासंद विश्वकर्माले जग्गा फिर्ता गर्छु भन्दैमा कसैलाई उन्मुक्ति दिन मिल्छ भन्ने प्रश्न गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँ बनेको आरोप समेत लगाउनुभयो ।

सांसद मिन विश्वकर्माले आफ्नो भनाई राखे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आ–आफ्नो स्थानबाट उभिएर बैठक अवरुद्ध गर्नु भएको थियो ।

कांग्रेसका सांसदहरु उभिएर विरोध जनाउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विषयमा हिजोको बैठकमार्फत नै सम्बन्धित निकायकासम्म सन्देश पुगिसकेको र अब यो विषयमा संसदको क्षेत्राधिकार भित्र नपर्ने जानकारी दिंदै स्थान ग्रहण गरेर सदन सुचारु गर्न सहयोग गर्न पटक पटक आग्रह गर्नु भएको थियो ।

सभामुखको पटक पटकको आग्रह पश्चात् पनि अबरोध कायमै रहेपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button