तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ  – आज दिउँसोबाट नेपालमा फेरि पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने र देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा र मध्य तथा पूर्वी पहाडी भु-भागका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।आज राति पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

भोलि दिउँसो पनि पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा र पूर्वी तथा मध्य पहाडि भु-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
पर्सि आइतवार दिउँसो पूर्वी पहाडी भू-भागका एक /दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button