२०७८ साल वैशाख २८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

तुलसी सापकोटा २०७६ माघ २४ गते १५:०२

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि आइतबारका लागिस स्थगित गरिएको छ ।

ललिता निवासको जग्गा प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका कारण मुद्दा लगाएको भन्दै त्यसको विरोध स्वरुप आज पनि सदन चल्न नदिएको हो ।

प्रतिनिधि सभाको बैठक शुरु हुने वित्तिकै नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले सभामुखसँग समय माग गरी अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले आफ्नो पार्टीका नेता गच्छदारलाई राजनीतिक पुर्वाग्रहका आधारमा मुद्धा लगाएको बताउनुभयो ।

सासंद विश्वकर्माले जग्गा फिर्ता गर्छु भन्दैमा कसैलाई उन्मुक्ति दिन मिल्छ भन्ने प्रश्न गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँ बनेको आरोप समेत लगाउनुभयो ।

सांसद मिन विश्वकर्माले आफ्नो भनाई राखे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आ–आफ्नो स्थानबाट उभिएर बैठक अवरुद्ध गर्नु भएको थियो ।

कांग्रेसका सांसदहरु उभिएर बिरोध जनाउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विषयमा हिजोको बैठकमार्फत नै सम्बन्धित निकायकासम्म सन्देश पुगिसकेको र अब यो बिषयमा संसदको क्षेत्राधिकार भित्र नपर्ने जानकारी दिंदै स्थान ग्रहण गरेर सदन सुचारु गर्न सहयोग गर्न पटक पटक आग्रह गर्नु भएको थियो ।

सभामुखको पटक पटकको आग्रह पश्चात् पनि अबरोध कायमै रहेपछि सभामुख सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएकोमा बैठक बस्न नसकेपछि सूचना टाँस गरी आइतबार दिउँसो १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

सम्बन्धित

कृषि अनुदान रकममा वृद्धि गरिने

६ घन्टा अगाडि रेडियो नेपाल