२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा समवेदना 

रेडियो नेपाल २०७६ माघ २४ गते १५:४५

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सम्पर्क समन्वय कमिटीका सहइञ्चार्ज विजय गुरुङका ८७ वर्षीय पिता कुलबहादुर गुरुङको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवार र आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज एक शोक सन्देश जारी गरी दिवङ्गत गुरुङले समाजमा सुधार परिवर्तनका लागि निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्दै पितृशोकमा पर्नुभएका विजय गुरुङ र उहाँको परिवारमा सहानुभूति प्रकट गर्नुभएको छ ।

दिवङ्गत गुरुङप्रति प्रधानमन्त्रीले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

२ घन्टा अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

२ घन्टा अगाडि रेडियो नेपाल