तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु गएको छ । ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने ८० वर्षीया तुलसीेदेवी चन्द रहेको प्रहरीले जनाएको छ ।

बिहिबार साँझ बाटो काट्ने क्रममा चन्दलाई म २ प ७३५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी वृद्धाको महाकाली अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले बताउनुभयो ।

मोटरसाइकल र चालक भीमदत्त नगरपालिका वडा नम्बर १९ का रामदिन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button