तपाईँ सुन्दै हुनुहुन्छः

बिकास र समृद्धिका लागि व्यवस्थापकीय सुधार आवश्यक छ : उपराष्ट्रपति पुन

फाइल तस्बिर

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको आर्थिक विकास र समृद्धिका लागि योजनाहरूको कार्यान्वयनमा देखिएका व्यवस्थापकीय कमजोरीहरू सुधार गर्नुुपर्ने बताउनुभएको छ ।

नेपाल व्यवस्थापन संघको आज काठमाडौँमा आयोजित ३९औंै बार्षिक साधारण सभामा उपराष्ट्रपति पुनले कमजोर व्यवस्थापनका कारण बिकास निर्माणका आयोजनाहरू निर्धारित समयमा पुरा हुन नसकेको बताउनुभयो ।

उपराष्ट्रपति पुनले एउटा मन्त्रालयले एक वर्षमा एउटा मात्रै आयोजनालाई नमुना आयोजनाका रूपमा छनौट गरी कुशल व्यवस्थापन गर्न सके वार्षिक २४÷२५ वटा नमुना आयोजनाहरू निर्माण हुने र तिनै आयोजनाहरू देशको आर्थिक विकास र समृद्धिको कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति पुनले नतिजामुखी व्यवस्थापनमा निजी क्षेत्रले हासिल गरेको उपलब्धी प्रसंशनीय रहेको उल्लेख गर्नुहुँदै सरकारी निकाय तथा सार्वजनिक संस्थानहरूले समेत निजी क्षेत्रका सवल पक्षहरूको अनुसरण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button