तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकमा आर्थिक सामाजिक विकासको बहस शुरु : प्रधानमन्त्री ओली

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्वसँगै मुलुकमा आर्थिक सामाजिक विकासका बारेमा बहस शुरु भएको बताउनु भएको छ ।

केएमजी मिडिया ग्रपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभलाइ आज सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले जनताले गरेको बिश्वासलाई सरकारले जिम्मेवारी पूर्वक निर्वाह गर्दै नीतिगत स्थायित्वका साथै विकासको यात्रालाई आमजनताले अनुभूत गर्ने गरी अघि बढाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष पुरा गर्न निजी क्षेत्रसँगको सहकार्यमा जोड दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लगानीको वातावरण निर्माणका लागि आवश्यक कानून परिमार्जन गरेको र एकद्वारा नीति कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुहुँदै दीर्घकालिन सोचका साथ उत्पादनशील क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि छिमेकी मुलुक भारत र चीनसँगको कनेक्टिभिटी महत्वपूर्ण रहेकोले भारतसँग मल्टिमोडल कनेक्टिभिटी र चीनसँग ट्रान्सहिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अघि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button