तपाईँ सुन्दै हुनुहुन्छः

लघुबीमा कार्यक्रममा जोड दिन अर्थमन्त्रीको निर्देशन

सुरेन्द्रमणि त्रिपाठी । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमा कम्पनीहरुलाई लघुबीमा कार्यक्रममा जोड दिन निर्देशन दिनुभएको छ ।

शुक्रबार इन्स्योरेन्स समिटको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री डा. खतिवडाले बीमा कम्पनीहरुले लघुबीमा कार्यक्रममा जोड नदिए लघुबीमा कम्पनी आउन सक्ने बताउनुभयो ।

साना व्यवसायहरुमा बीमाको पहुँच बढाई बीमा क्षेत्र विस्तारको काम अगाडी बढाउन लघुबीमा कार्यक्रम आवश्यक भएको उहांले उल्लेख गर्नुभयो ।

सरकारले लघुबीमामा कुल प्रिमियमको ७५ प्रतिशत अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button