तपाईँ सुन्दै हुनुहुन्छः

श्री एयरलाइन्सद्वारा काठमाडौं पोखरा उडान सुरु

काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं पोखरा उडान सुरु गरेको छ ।

८० सीट क्षमताको टर्पोप्रोब जहाजमार्फत श्रीले उडान सुरु गरेको र हाल पोखरामा दैनिक दुई उडान गर्ने कम्पनीका सुचना अधिकृत अनिल मानन्धरले बताउनुभयो ।

आगामी दिनमा भने काठमाडौं पोखरा दैनिक पाँच उडान भर्ने लक्ष्य रहेको श्री एयरलाइन्सले जनाएको छ ।

काठमाडौं पोखरा नेपाली नागरिकका लागि २ हजार रुपैयाँ भाडा रहेको छ भने पोखरा काठमाडौंको भाडा २६ सय रुपैयाँ रहेको कम्पनीका सुचना अधिकृत मानन्धरले बताउनुभयो ।

प्राधिकरणले तयार पारेको भाडादर अनुसार हाल काठमाडौं पोखराका लागि न्यूनतम २७ सय रुपैयाँ देखि अधिकतम पाँच हजार ५० रुपैयाँ कायम गरिएको छ भने पोखरा काठमाडौं उडानका लागि न्यूनतम ४२ सय रुपैयाँ देखि पाँच हजार ५० रुपैयासम्म रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button