२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

टिप्परलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

रासस २०७६ माघ २४ गते १९:०७

रुपन्देही । रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु२ख ३७९८ नं को टिप्परलाई ओभरटेक गर्ने क्रममा लु२६प ८१८० नं को मोटरसाइकल दुर्घटना हुँदा रोल्पा नगरपालिका–३ बस्ने ताराप्रसाद केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक मनोज श्रेष्ठले जानकारी दिनुभयो । ठक्कर दिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित

अक्सोमिटरको कालोबजारी गर्ने पक्राउ

२१ मिनेट अगाडि ध्रुव अधिकारी

भीमेश्वरको सिलामा पसिना

४३ मिनेट अगाडि चिरञ्जीवी मास्के