तपाईँ सुन्दै हुनुहुन्छः

त्रिमूर्ति निकेतन दिवसको अवसरमा साहित्यकारहरुलाई सम्मान

काठमाडौं । पन्ध्रौं त्रिमूर्ति निकेतन दिवसको अवसरमा विभिन्न पुरस्कारवाट साहित्यकारहरुलाई सम्मान गरिनुका साथै कृतिहरु लोकार्पण गरिएको छ ।

त्रिमूर्ति निकेतन सञ्चारग्राममा आयोजित कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले वालकृष्ण सम पुरस्कारवाट प्राध्यापक डाक्टर तारानाथ शर्मा तथा नेपाली साहित्य नारीरत्नवाट गिताकेशरी र पद्मावती सिंहलाई सम्मानित गर्नुभयो ।

तीनवटै पुरस्कारको राशी एक लाख रुपैयाँ र ताम्रपत्र रहेका छन् ।

समारोहमा नइ प्रकाशनवाट प्रकाशित चार वटा कृति लोकार्पण गरिएको थियो ।

त्यस अवसरमा वाङ्मय शताब्दी पुरुष जोशीले त्रिमूर्ति लेखनाथ पौडेल, लक्ष्मी प्रसाद देवकोटा र वालकृष्ण समको अध्ययनवाट नेपाली भाषा साहित्यको विकास क्रमवारे ज्ञान हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, सदस्य सचिव नरेन्द्रराज प्रसाईं, साहित्यकारहरू मोदनाथ प्रश्रित, प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, प्राध्यापक राजेन्द्र सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button