२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी चौकिमा आक्रमण, २ प्रहरी घाइते

देवराज सुवेदी २०७६ माघ २५ गते ७:२०

मेलम्ची । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सिमा खाल्डे प्रहरी चौकिमा गए राति अज्ञात समुहले आक्रमण प्रयास गरेका गरेका छन् ।

राति १०, १२ वटा मोटरसाइकलमा आएको समुहले प्रहरी चौकिमा आक्रमण गर्दा २ जना प्रहरी घाइते भएका छन् ।

गम्भिर घाइते भएका प्रहरी असही सन्तोष कुमार झाको थप उपचारको लागि काठमाडौं लगिएको छ भने प्रहरी हवल्दार हरी बहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

प्रहरीले १ जना आक्रमणकारीलाइ प्रक्राउ गरेको जनाएको छ । पक्राउ परेका सुनखानिका सोम थिङलाई लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना किन गरेको भन्ने बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

 

सम्बन्धित

महामारीमा पनि घटेन लैङ्गिक हिंसा   

६ घन्टा अगाडि कालिका खड्का

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

७ घन्टा अगाडि गुरमुरत यादव