तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडी सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्काको महसुस बैतडी,बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ । केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button