तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपाल आज (शनिबार) अमेरिकासँग भिड्दै छ। अमेरिकाविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

आजको खेलमा शरदको स्थानमा सुवास खकुरेल आएका छन् भने रोहितको स्थानमा कुशल मल्लले मौका पाएका छन्। शरद घाइते भएपछि सुवासले मौका पाएका हुन्। यस्तै कुशलले डेब्यू म्याच खेल्ने भएका छन्। कुशल नेपालबाट एकदिवसीय खेल्ने २२ औं खेलाडी बनेका छन्। उनी उत्कृष्ट बलिङका साथै ब्याटिङसमेत गर्न सक्छन्।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएपछि दबाबमा रहेको छ।

यस्तो छ अमेरिकाविरुद्ध नेपालको प्लेइङ ११-

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने

प्रतिक्रिया राख्नुहोस्

Back to top button