२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

धनगढीमा सञ्चार तथा सूचना प्रविधि सम्बन्धी प्रदेश स्तरीय अन्तरिक्रया कार्यक्रम शुरु

जगत साउद २०७६ माघ २५ गते १३:२१

धनगढी । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आजदेखि कैलालीको धनगढीमा सञ्चार तथा सूचना प्रविधि सम्बन्धी प्रदेश स्तरीय अन्तरिक्रया कार्यक्रम शुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले एक कार्यक्रमका बीच उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो । उहाँले सञ्चारक्रर्मीका लागि सूचना प्रवाह महत्वपूर्ण बिषय भएको बताउनुभयो ।

सचिव सुवेदीले यो कार्यक्रमबाट सञ्चार तथा सूचना प्रविधि सम्बन्धी थप ज्ञान हासिल गर्न सञ्चारक्रर्मीलाई सघाउ पुग्ने बताउनुभयो । उहाँले प्राप्त राय, सुझावलाई समेटेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रमका मत्रालयका सहसचिव क्रृषिराम तिवारीले मत्रालयका गतिवधिबारे प्रकाश पार्दै मिडिया काउन्सिल बिधेयक राष्ट्रिय सभाबाट पारित भइसकोको र सूचना प्रविधि बिधेयक संघीय ससंदमा रहेको जानकारी दिनुभयो ।

मत्रालयका उपसचिव मुकुन्द शर्माले सञ्चालन गर्नु भएको उद्घाटन कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउद, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य मनमोहन स्वाँरले धारणा राख्नु भएको थियो ।

आज र भोली गरी दुइ दिनसम्म चल्ने उक्त कार्यक्रममा नेपाल टेलिकम, हुलाक कार्यालयका प्रमुख, पत्रकार लगायतका सहभागिता रहेको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि सम्बन्धी मौजुदा व्यवस्था लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

५८ मिनेट अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

१ घन्टा अगाडि रेडियो नेपाल