तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु

घोराही । दाङमा आज परेको चट्याङमा परी तीन जनाको मृत्यु भएको छ । तुलसीपुर र घोराहीमा परेको चट्याङमा परी तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका ७ नवलपुर निबासी गीता चौधरीकी ७ बर्षीया सृष्टी चौधरी र बर्ष ५४ की लक्ष्मी आचार्यको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका चौधरी र आचार्यको उपचारका क्रममा तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलमा मृत्यु भएको हो ।

यता घोराही उपमहानगरपालिका ११ मा लागेको चट्याङले एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराईका अनुसार घोराही ११ हापुर निबासी सुर्यबहादुर पुरीका छोरा बर्ष ८ का ताराबहादुर देबपुरीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएका देबपुरीको उपचारका लागि घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याउँदै बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button