तपाईँ सुन्दै हुनुहुन्छः

सरकारबाट कुनै प्रकारले अख्तियारलाई प्रभावित गर्ने कार्य नभएको नेकपाका प्रवक्ता श्रेष्ठको भनाई

फाइल तस्बिर

महोत्तरी(बर्दिवास) । नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले सरकारले कुनै प्रकारले अख्तियारलाई प्रभावित गर्ने कार्य नभएको बताउनुभएको छ ।

महोत्तरीको बर्दिवासस्थित आधारशिलाको १७औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक स्वतन्त्र अंग भएका भन्दै उहाँले अहिले जनमानसमा उठेको प्रश्नलाई पार्टीले बुझेको भन्दै पार्टीसँग सम्बन्धित जो कोही व्यक्ति भ्रष्टचारमा संलग्न भए अख्तियारले अनुसन्धान गर्न सक्ने र त्यसको लागि सहयोग गर्न पार्टी तयार रहेको बताउनुभयो ।

अनुसन्धान गर्न पार्टीले सहयोग गर्न तयार रहेको समेत बताउनुभयो । सरकारले अख्तियारलाई प्रभावित गर्ने कुनै काम नभएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रवक्ता श्रेष्ठले अहिले व्यक्तिबाद र भ्रष्टचार विरुद्ध लड्न सबै एक हुनुपर्ने उहाँले बताउनुभयो । सरकार समृद्ध नेपाल बनाउन लागि रहेको भन्दै उहाँले अब कसैले रोकेर छेकेर समृद्ध नेपाल बन्न रोक्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button