तपाईँ सुन्दै हुनुहुन्छः

एक लाख ४४ हजार श्रमिक सामाजिक सुरक्षामा सहभागी

काठमाडौँ ।  योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको सङ्ख्या एक लाख ४४ हजार १४४ श्रमिक योजनामा सहभागी भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

कोषमा सूचीकृत हुने रोजगारदाताको सङ्ख्या १२ हजार १३५ पुगेको छ भने कोषमा सबैभन्दा बढी बागमती प्रदेशका श्रमिक सूचीकृत भएका छन् ।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्ततता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button