तपाईँ सुन्दै हुनुहुन्छः

धारापानीमा औद्योगिकग्राम स्थापना हुने : स्थानीयवासी खुशी

 

डोटी-जिल्लाको दक्षिणी क्षेत्रको जोरायल गाउँपालिकामा औद्योगिक क्षेत्र बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । मन्त्रिपरिषद् बैठकले डोटीको जोरायल गाउँपालिका–२ धारापानी क्षेत्रमा औद्योगिकग्राम स्थापना गर्ने निर्णय गरेपछि यहाँका स्थानीयवासीमा खुशीयाली छाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न १० स्थानीय तहलाई औद्योगिकग्राम घोषणा गर्न मन्त्रिपरिषद्मा केही समय पहिले प्रस्ताव पठाएको र सोमबार बसेको बैठकले पाँच स्थानीय तहलाई औद्योगिकग्राम बनाउने निर्णय गरेको थियो । त्यस्तै सरकारले यसै आर्थिक वर्षमा देशका ७० स्थानीय तहमा औद्योगिकग्राम घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

यसअघि प्रदेश १ मा एक, प्रदेश नं २ मा तीन, वाग्मती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा ११, प्रदेश नं ५ मा सात, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा तीन औद्योगिकग्राम घोषणा गरिसकेको छ । सबै स्थानीय तहमा औद्योगिकग्राम बनाउने योजना रहेको बताइएको छ ।

यसअघि सरकारले ३२ स्थानीय तहलाई औद्योगिकग्राम बनाउन घोषणा गरी रु २९ करोड ४४ लाख हस्तान्तरण गरिसकेको छ । जोरायलमा औद्योगिकग्राम स्थापना गरिए जिल्लाभरिका स्थानीय गाउँमै रोजगारी पाउनुका साथै औद्योगिक क्षेत्रमा जिल्लाले नै फड्को मार्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

फागुन १ गतेबाट प्रादेशिक महोत्सव पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न डोटी चेम्बर अफ कमर्सले आउँदो फागुन १ गतेबाट डोटीको दिपायलमा दोस्रो सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ । महोत्सवका लागि आवश्यक तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ ।

प्रादेशिक महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जनाइएको छ । जिल्लामा उत्पादन हुने स्थानीय खाद्यवस्तु तथा कला संस्कृतिको संरक्षण तथा पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि महोत्सव आयोजना गरिन लागेको आयोजक सस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो ।

महोत्सव अवधिभरिमा सेतीनदीमा जलयात्रा, प्यारागलाइडिङको आयोजना गरिने जनाइएको छ । फागुन १० गतेसम्म जारी रहने महोत्सवे दिपायलस्थित दिल्पेश्वर मठमा आयोजना हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button