तपाईँ सुन्दै हुनुहुन्छः

अभ्यासकै क्रममा अफगान र अमेरिकी सेनाबीच गोली हानाहान, १२ को मृत्यु

सांकेतिक तस्बिर

अफगानस्थिान । अफगानिस्तानको पूर्वी क्षेत्रमा अमेरिकी र अफगानी सेना बीच संयुक्त सैन्य अभ्यासको क्रममा एक आपसमा गोली हाना हान हुँदा ६ अमेरिकी र ६ अफगानी सैनिकको मृत्यु भएको न्यूवोर्क टाइम्सले जनाएको छ ।

अफगाीनस्तान स्थित अमेरिकी सेनाका प्रवक्ताले नानगाहार प्रान्तमा संयुक्त सैन्य अभ्यासको क्रममा अमेरिकी र अफगानी सेनाले एक आपसमा गोली प्रहार गरेको सुचना आएको बताउनु भयो ।

उक्त भिडन्तमा तालिबानको हात भए नभएको बारे ठोस प्रमाण नरहेको र भिडन्तको कारण रणनैतिक भूल अथवा अरु केही हुन सक्ने, अफगाीनस्तान स्थित अमेरिकी सेनाले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button