तपाईँ सुन्दै हुनुहुन्छः

चार सय सांस्कृतिक सम्पदाहरुको पूनःनिमाणको काम सकिएको पुरातत्व विभागद्वारा जानकारी

काठमाडौँ । भुकम्पबाट क्षति भएका चार सय सांस्कृतिक सम्पदाहरुको पूनः निमार्णको काम सकिएको पुरातत्व विभागले जनाएको छ ।

विभागले आज एक कार्यक्रमको आयोजना गरी २०७२ सालको भुकम्पबाट क्षति पुगेका ३१ जिल्लाका नौ सय २० सम्पदा मध्ये चार सय सम्पदाको पूनः निर्माणको काम सकिएको जनाएको हो ।

चालु आर्थिक बर्षको अन्त्यसम्ममा ६० प्रतिशत काम सक्ने र आगामी दुई बर्षभित्र सबै सम्पदाको पुनः निर्माणको काम सक्ने गरी काम भईरहेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भटराईले पुरातात्विक सम्पदाको संरक्षण गरी नेपाललाई विश्वका प्राज्ञिक व्यतिmहरुको अध्यन अनुसन्धानको गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भटराईले नेपाल भ्रमण वर्षलाई मध्येनजर गरी काठमाडौं उपत्यका भित्र रहेका पाटन, बसन्तपुर र भतmपुर दरवार स्क्वायर क्षेत्रलाई राती पनि अवलोकन गर्न सकिने व्यवस्था मिलाईने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button