तपाईँ सुन्दै हुनुहुन्छः

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सडक पुर्वाधार सुधारका लागि ३६ बुंदे कार्ययोजना सार्वजनिक

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित एवं व्यवस्थित बनाउन र सवारी दुर्घटना न्युनीकरण गर्न सञ्चालन गरेका बिभिन्न गतिविधिका बारेमा जानकारी गराएको छ ।

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा महाशाखाले सडक व्यवस्थापन, सिसिटिभी निगरानी, ट्रिपरबाट हुने दुर्घटना न्युनीकरण, सवारी साधन चोरी अप्रेसन, १७ स्थानमा ट्राफिक बत्ती सुरु लगायतका बारेमा जानकारी गराएको थियो ।

यसैगरी महाशाखाले सडक पुर्वाधार सुधारका लागि ३६ बुंदे कार्ययोजना समेत सार्वजनिक गरेको छ ।

यसैगरी आजै २५ वटा चोरी भएका मोटरसाईकलहरु महाशाखाले सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button