तपाईँ सुन्दै हुनुहुन्छः

काँकरभिट्टामा छैठौं ग्रामीण एशियन पर्यटन महोत्सव सुरु

भद्रपुर । झापाको काँकरभिट्टामा आइतबारदेखि छैठौं ग्रामीण एशियन पर्यटन महोत्सव सुरु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले ग्रीन जेनेरेशन झापाले मेचीनगर–६ को देवकोटा पार्कमा आयोजना गरेको महोत्सवमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले पर्यटन विकासलाई तीनै तहका सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल हिमाल, पहाड र तराईको अनुपम संयोजन रहेको मुलुक भएकाले त्यही सन्देश प्रचार गरेर लाखौं पर्यटक भित्र्याउन सकिने भन्नुहुँदै सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न पर्यटन विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री राईले नेपालका विभिन्न जातजातिको संस्कृति, रहन–सहन, मौलिक परम्परा, खानपान र भेषभुषा प्रदर्शन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

फागुन २ गतेसम्म चल्ने महोत्सवमा नेपाललगायत भारतमा विभिन्न मौलिक स्टलहरु रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button