तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा गैर कृषि व्यवसाय उत्प्रेरणा सम्बन्धी तालिम सम्पन्न

कपिलवस्तु । कपिलबस्तुको यशोधरा गाँउपालिकाको वडा नम्बर १,२ र ३ का एक सय पाँच जनालाई गैर कृषि व्यवसाय उत्प्रेरणा तालिम प्रदान गरिएको छ ।

जिबिकोपार्जनकालागि स्थानीयस्तरमा गर्न सकिने उधम सम्बन्धी जानकारी प्रदान गरी उधमतर्फ आकर्षित गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्ति, तिनका परिवार, एकल महिला र भूमिहीन परिवार गरी तीन वटै वडाका गरी एक सय पाँचजनालाई गैर कृषि ब्यवसाय उत्प्रेरणा तालिम प्रदान गरिएको हो ।

अस्ट्रेलियन एड, यू.एम.एन तथा दलित सामाजिक बिकास केन्द्रको समन्वयमा सम्पन्न उद्धम तालिम कार्यक्रममा दलित सामाजिक बिकास केन्दका फिल्ड कोअर्डिनेटर रमेश कुर्मी र उद्धमसम्बन्धी तालिम सहजकर्ता राजेश बढईले जिबिकोपार्जनका लागि उद्धम गर्न सकिने बारेमा सहभागीहरुलाई उत्प्रेरित गर्नुभएको थियो ।

तालिमपछि गैर कृषि व्यवसाय उद्धम गर्न ईच्छुकहरुलाई सहयोग गरिने दलित सामाजिक बिकास केन्दले जनाएको छ ।

अस्ट्रेलियन एड, यू.एम.एन तथा दलित सामाजिक बिकास केन्द्रको समन्वयमा यशोधरा गाउंपालिकाको वडा नम्बर १,२ र ३ मा जिबिकोपार्जन, बातावरण संरक्षण, सिञ्चाई पोखरीहरुको संरक्षणलगायतका कार्यक्रमहरु संचालन हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button