तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकार आयोगबाट उद्धार गर्न आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरुलाई शीघ्र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

चीनको हुवेई प्रान्तमा रहेका नेपाली नागरिकहरुको जीवन जोखिममा पर्न सक्नेतर्फ संवेदनशील भई उनीहरुलाई सुरक्षित रुपमा फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको हो ।

आयोगको आज बसेको आकस्मिक बैठकले चीनको हुवेई प्रान्तमा रहेका सबै नेपाली नागरिकहरुको स्वास्थ्य अवस्थानको जानकारी र स्वदेशफिर्ता गर्ने सम्बन्धमा सरकारका सम्बन्धित मन्त्रालयहरुले गरेका काम कारवाहीका सन्दर्भमा जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरुलाई आयोगमा बोलाउने निर्णय समेत गरेको आयोगबाट आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button