तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति क्षेत्र विकास कोषले नमस्कार अभियान शुरु गर्ने

रासस । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गर्ने भएको छ ।

पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्ष समेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरोना भाइरसजस्ता संक्रामक रोगको संक्रमण फैलिएका बेला बच्नसमेत सहयोग पुग्ने भएकाले अभियान आवश्यक रहेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button