तपाईँ सुन्दै हुनुहुन्छः

आज फेरि बादल लाग्ने,बिग्रियो मौसम

काठमाडौं । केही दिनदेखि सुधारिएको मौसम आज फेरि बिग्रिने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार मुलुकको केही भागमा बादल लाग्ने जनाएको छ । पूर्वानुमान महाशाखाले पहाडी भू–भागमा आंशिक बादल लाग्ने उल्लेख गरेको छ ।

बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ । राति देशका पश्चिमी भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

सोमबार सूर्योदय ६ बजेर ४६ मिनेटमा भएको छ । सूर्यास्त साँझ ५ बजेर ५१ मिनेटमा हुनेछ । सोमबार बिहान काठमाडौंको तापक्रम ३ डिग्री सेल्सियस रह्यो । दिउँसोको न्यूनतम तापक्रम १७ देखि अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button