तपाईँ सुन्दै हुनुहुन्छः

ओस्कारको इतिहासमा पहिलो पटक विदेशी भाषाको फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जित्यो

अमेरिका– ओस्कार अवार्डमा दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ उत्कृष्ट घोषित भएको छ।

बो जुन हो निर्देशित फिल्मले ‘जोकर’, ‘द आइरिसम्यान,’ ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्‍याबिट’, ‘लिटल वुमन’, र ‘म्यारिज स्टोरी’लाई पछि पार्दै ‘प्यारासाइट’ ले उत्कृष्टको फिल्मको अवार्ड जितेको हो।

योसँगै ‘प्यारासाइट’ ओस्कार अवार्ड जित्ने पहिलो विदेशी फिल्म बनेको छ। ओस्कारको ९२ संस्करणसम्म कुनै पनि विदेशी भाषाको फिल्मले उत्कृष्टको अवार्ड जितेका थिएनन्।  ‘विदेशी भाषाको फिल्म’ श्रेणीमा बेग्लै अवार्ड दिइन्छ।

‘प्यारासाइट’ उत्कृष्ट फिल्मसहित चार विधामा उत्कृष्ट भएको छ। उसले उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिनप्ले र विदेशी भाषातर्फको अवार्ड पनि जितेको छ।

ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड ‘जोकर’बाट जोओकिन फिनिक्सले जितेका छन्। यस्तै, उत्कृष्ट अभिनेत्रीमा ‘जुडी’बाट रेने जेलवेगरले बाजी मारेकी छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button