तपाईँ सुन्दै हुनुहुन्छः

क्यानडाको सिनेटका सभामुख नेपालमा

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र क्यानडाको सिनेटका सभामुख जर्ज जे फ्युरीबीच भेटवार्ता भएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्नु भएका सभामुख जे फ्युरी र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच संघीय संसद सचिवालय भेटवार्ता भएको हो ।

सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनधि मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाल–क्यानडा संसदीय मैत्री समुहका संयोजक एवं सांसद खगराज अधिकारीले स्वागत गर्नु भएको थियो ।

सभामुख जे फ्युरीले भोलीे प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग भेटवार्ता गर्ने र पाटन म्युजियम भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button