तपाईँ सुन्दै हुनुहुन्छः

विपत व्यवस्थापन पूर्व सूचना यन्त्र राख्न ताइवान र घोराही उपमहानगरपालिकाबीच सम्झौता

घोराही । घोराही उपमहानगरका छ स्थानमा बिपत व्यवस्थापन पूर्व सूचना प्रणालीको सेन्सर यन्त्र राख्ने गरी बिपत न्यूनिकरणका लागि राष्ट्रिय बिज्ञान तथा प्राविधि केन्द्र ताइवान र घोराही उपमहानगरपालिकाबीच सम्झौता भएको छ ।

नगर प्रमुख नरुलाल चौधरी र प्रबिधी केन्द्रका डा. उई सेन्लीबीच सोमबार (आज) ताइवानमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताका लागि केन्द्रको खर्चमा नगर प्रमुख चौधरी र नगरको बाताबरण तथा बिपत व्यव्स्थापन समितिका संयोजक शक्तिराम डाँगी ताइवान पुग्नु भएको छ ।

बिपत व्यवस्थापन पर्व सूचना प्रणाली यन्त्रले भूइचालो आउनु पर्व सूचना दिने, बर्षामा पानीको जोखिम र हावाको गति मापन गर्ने छ । अबको छ महिनाभित्र उक्त यन्त्रहरु जडान हुने गरी सम्झौता भएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।

यन्त्र राख्नका लागि नगरको कार्यालय परिसरसँगै वडा नम्बर २, ७, ९, १० र १२ मा ताइवानको प्राबिधिक टोलीले अध्ययन समेत गरी सकेको छ । नगरले प्रत्येक वडाहरुमा अहिले कृत्रिम जलासयहरु बनाएको र ठूलो बर्षाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरणका लागि उक्त यन्त्रले सूचना दिने र सुरक्षाको तयारीमा मद्दत पुग्ने नगर प्रमुख चौधरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button