तपाईँ सुन्दै हुनुहुन्छः

झापाको विर्तामोड प्रथम नगर बिद्यालयस्तरीय खेलकुद महोत्सव शुरु

भद्रपुर, झापा । झापाको विर्तामोड नगरपालिकामा नगरभरिका बिद्यालयहरुको सहभागितामा आजदेखि प्रथम नगर खेलकुद महोत्सव शुरु भएको छ ।

नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना र प्याब्सन तथा एन प्याब्सन विर्तामोडको संयोजनमा स्थानीय डोमालाल राजवंशी रङ्गशालामा शुरु महोत्सवको उक समारोहका बीच १ नं प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गर्नुभयो ।

फागुन २ गते सम्पन्न हुने महोत्सवमा नगरका सामुदायिक तथा संस्थागत गरी ४० वटा बिद्यालयका झण्डै पाँच सय बिद्यार्थीले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष टिकाप्रसाद संग्रौलाले जानकारी दिनुभएको छ ।

आसन्न झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगितालाई समेत दृष्टिगत गरी आयोजना गरिएको खेलकुद महोत्सवमा एथलेटिक्स, फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, कराते–तेक्वान्दो, टेबलटेनिस, कबड्डी, चेस, ब्याडमिन्टनलगायतका ११ विधाका खेल खेलाइने अध्यक्ष संग्रौलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button