२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा व्यवसायिक जमराको जुस उत्पादन

दिपक शर्मा २०७६ माघ २७ गते १३:४९

सल्यान । पहिलो पटक सल्यानमा व्यवसायिक रुपमा जमराको जुस उत्पादन थालिएको छ । जिल्लाका शारदा नगरपालिका–१ श्रीनगरमा व्यवसायिक जमराको जुस उत्पादन सुरु गरिएको हो ।

शरिरलाई स्वस्थ र बिभिन्न रोगहरुको निवारण गर्न प्रभावकारी बन्दै गएको भन्दै जमराको जुस उत्पादन सुरु गरिएको निर्मला अधिकारीले बताउनुभयो । अर्गानिक जडिबुटी जमरा जुस नाम दिएर गहुँ र जौंको जुस उत्पादन गरि रहेको उहाँको भनाई छ ।

मानिसले दैनिक बिहान खाली पेटमा ३० एमएल जमराको जुस नियमित तीन महिना सेवन गरेमा सबै प्रकारका रोगहरुको अन्त्य हुने अधिकारीको भनाई छ । ३० एमएल जुसको तीन समयमा विक्री हुँदै आइरहेको छ ।

जमराको जुसलाई हरियो रगत पनि भनिन्छ । किनकी यसले शरिरमा रगत बढाउँछ , जसले गर्दा रक्तअल्पता भएका बिरामीहरुलाई निकै फलदायी मानिन्छ । हरियो जमराको जुुसमा प्रशस्त क्लोरोफिल हुने हुँदा यसमा एन्टिअक्सिडेनट गुण हुन्छ । जसले कोषहरुर्ला छिटो बुढो हुन रोकेर शरिरलाई जवान राख्न सघाउँछ ।

सम्बन्धित

क्लोथ बैङ्कद्वारा घरमै बिरामीको परीक्षण

११ मिनेट अगाडि रेडियो नेपाल