तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा तथा स्वास्थ्य समितिबाट खेलकुद विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिबाट खेलकुद सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्वसम्मतीले पारित गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले उक्त विधेयक संशोधनसहित पारित गरेको हो ।

बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले खेलुकद सम्बन्धी विधेयक पास भएपछि नेपालको खेलकुद क्षेत्रमा रहेको सिन्डीकेट अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि समितिले विधेयक संशोधनकर्ता सांसदहरु तथा सरोकारवालाहरुसँग छलफल दफावार छलफल गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button