तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो पटक प्रदेशसभा अवरोध : विधेयक पेश हुन पाएन

फाइल तस्बिर

बिराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दोश्रो दिन आज पनि प्रदेश न १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

काँग्रेसका सभासद्हरुले आ–आफनो ठाउमा उभिएर बैठक अबरुद्ध गरेपछि प्रदेश सभाको बैठक कार्यसुचीमा प्रवेश नै नगरी भोलीसम्मका लागि स्थगित भएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले सभाको कार्वाही अगाडी बढाउन तयारी गरिरहदाँ काँग्रेसका सांसदहरुले आ–आफनो स्थानबाट उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो ।

सभामुख भण्डारीले पटक–पटक सदन सुचारु गर्ने बाटो खोल्न काँग्रेस सांसदलाई आग्रह गरेपनि काँग्रेस सांसदले बिरोध गरेरहेपछि सभामुख भण्डारीले भोलीसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

सभामुख भण्डारीले ललिता निवास जग्गा प्रकरणमा काँग्रेस उपसभापति बिजय गच्छदारमाथि मुद्दा लगाइएको बिषय अदालतमा गइसकेकाले सो बिषयमा क्षेत्राधिकार बाहिरको बिषय भएकाले काँग्रेस सभासद्हरुलाई पटक–पटक बस्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button