तपाईँ सुन्दै हुनुहुन्छः

अछामका अधिकांश लघुजलविद्युत आयोजना अवरुद्ध


अछाम । अछाम जिल्लाका अधिकांश लघुजलविद्युत आयोजना अवरुद्ध बनेका छन् । २०५२ सालमा बनेको छ सय किलोवाट क्षमताको कैलाशखोला जलविद्युत आयोजना पनि हाल बन्द अवस्थामा छ ।

जिल्लाभरका करिब दर्जनबढी आयोजना बन्द हुँदा बत्ती बाल्ने स्थानीयको रहर अधुरै छ । मंगलसैन नगरपालिका १३ को बस्ती जलविद्युत आयोजना, कमलबजारका जनालीगाड जलविद्युत आयोजना, चाईराखोला जलविद्युत आयोजना, कैलाशखोलामा बनेका लघु जलविद्युत आयोजना बन्द अवस्थामा रहेका छन् ।जिल्लामा करिब एक दर्जन लघु जलविद्युत आयोजना अबरुद्ध अवस्थामा रहेका छन् ।

यसैबीच जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्वर ५ लयाँटीको बारलागाड लघु जलबिद्युत आयोजना विगत आठ बर्ष देखि अवरुद्ध भएको छ ।

२०६८ सालमा पावर हाउसमा रहेका केही ओैजारमा समस्या आएपछि बिद्युत अवरुद्ध भएको हो । लामो समयदेखि बिद्युत अवरुद्ध भएपछि लयाँटीका सयाँै स्थानीय नागरिक अन्धकारमा बस्न बाध्य भईरहेका छन ।

तत्कालिन लयाँटी गाबिसका लागि उत्पादन गरिएको १६ मेघावाट बिद्युत साबिक वडा नम्बर ५,६,७,८ र ९ मा सञ्चालनमा आएको छोटो समयमै अवरुद्ध भएको थियो ।

बिद्युत नियमित गर्न २०७२ सालमा बिद्युत उपभोक्ता समिती समेत गठन भएको थियो । तर समिती गठन भएकोे पाँच बर्ष बितिसक्दा पनि बिद्युत सुचारु भएको छैन् । बिद्युत पुनःसञ्चालनमा आउने आसा मारिसकेका स्थानीय नागरिकहरुले उक्त समितिको व्यापक आलोचना गर्ने गरेका छन् ।

बिद्युत सेवा बर्षौदेखि अवरद्ध हुँदा बिद्यालयमा हुने कामका साथै बिद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको छ । बिद्युत नियमित हुने आसा गरेका लयाँटीबासीको आसा निरासामा परिणत भएको छ ।

दुई वटा बिद्युतको उद्गमस्थल लयाँटीमा दुईवटै बिद्युतमा भईरहने अनियमितताका कारण अधिकांश नागरिक अध्यारोमा टुक्की तथा चोईलो बाल्न बाध्य भएका छन् ।

बिद्युत सञ्चालनका लागि १७लाख खर्च गरिसकेको नगरपालिकाले यो बर्ष उक्त बिद्युतमा बजेट बिनियोजन नगर्दा समस्या भएको उपभोक्ता समितीका अध्यक्ष पदम रावलले उल्लेख गर्नुभयो । पञ्चदेवल बिनायक नगरपालिकाले ५२ लाखको स्टमेट बनाएपनि यो बर्ष बिद्युतमा कुनै चाँसो नदेखाएको हो ।

यता बिद्युत उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर रावलले भने बैशाख सम्ममा बिजुली बल्ने बताउनुभएको छ । अवरुद्ध भएको लामो समयसम्म पनि बिद्युत सञ्चालनका लागि कुनै पनि निकायले आर्थिक सहयोग नगर्दा सञ्चालनमा ढिलाई भएको रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button