तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी पिडीतलाई राहत सामग्री हस्तान्तरण

अछाम । आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएका मंगलसैन नगरपालिका वडा नमबर १ ढुंगानीका सर्जन थापालाई सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

वडाका क्रियाशील युवा तथा नेकपा वडा कमिटीले संकलन गरेको राहत सामग्री खाद्यान्न, भाँडाकुडा, लुगा तथा नगद रु. ५० हजार थापालाई हस्तान्तरण गरिएको हो ।

यही १२ गते थापाको घरमा आगलागी हुँदा घर तथा सम्पूर्ण सामग्री जलेर करिब आठ लाख बराबरको क्षति भएको थियो । राहत सामग्री तथा रकम अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीले हस्तान्तरण गर्दै अन्य निकायसँग पनि राहतका लागि पहल गर्ने बताउनुभयो ।

सांसद यज्ञ बहादुर बोगटीले अर्को प्रसंगमा बोल्दै जिल्लामा रहेको गरिबि र पछौटेपनका बिषयमा आफुले पटक पटक संसदमा आवाज उठाईरहेको बताउनुभयो । जिल्लाको मुहार फेर्नका लागि आफुले उचित बजेटको ब्यवस्थापन गरेकाले अब यो क्षेत्रले विकासमा फट्को मार्ने बताउनुभयो ।

तराई बाट अछामलाई जोडने महत्वपूर्ण सडकहरूमा उचित बजेट बिनियोजन गरिसकेकाले अब तराईबाट पहाड जोडिने विश्वास ब्यक्तगर्नुभो छ । क्षेत्र न २ का सबै क्षेत्रमा विद्युत विस्तारका लागि पहल भईरहेकाले अब चाडैं सबै वडा र टोलहरूमा बिजुली बल्ने भन्दै स्थानीयले पनि अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

सांसद बोगटीले अषाढ मसान्तसम्म बिनायक, ढकारी तथा तुर्माखाँद गाउँपालिकामा विद्युत विस्तार हुने बताउनुभयो ।

स्वास्थ्य सबैभन्दा बढि महत्वपूर्ण क्षेत्र भएकाले स्वास्थ्य चौकी नभएका वडाहरूमा १२ वटा स्वास्थ्य चौकी भवन निर्माण भैरहेका उहाँको भनाई छ । अब स्वास्थ्यकर्मीको पदपूर्तिका लागि पहल गरिरहेको उहाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button