तपाईँ सुन्दै हुनुहुन्छः

चार किलो आठ सय ग्राम लागुऔषध चरेससहित दुई जना पक्राउ

अत्तरिया कैलाली । चार किलो आठ सय ग्राम लागुऔषध चरेससहित धनगढीबाट प्रहरीले दुइजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ बर्षीय बिश्वास थापा र २५ बर्षीय सीमा राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीलाई छलेर भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको उहाँले बताउनुभयो।

उनीहरुलाई थप कारबाहीका लागी इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती पठाइएको छ । पछिल्लो समय सिमा क्षेत्रमा प्रहरीले सक्रियता बढाएपछि लागु औषध बरामद हुने क्रम बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button