तपाईँ सुन्दै हुनुहुन्छः

अरुण नदीमा ‘फेरी’ निर्माणपछि स्थानीय खुशी

निरोज कोइराला, भोजपुर । भोजपुर र संखुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ‘फेरी’ निर्माण गरिएपछि त्यस क्षेत्रका स्थानीय खुशी भएका छन् ।

सतिघाटस्थित अरुण नदीमा फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका स्थानीयले प्रत्यक्ष लाभ लिन सक्ने छन् ।

संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख रुपैया लागतमा फेरी निर्माण गरिएको षडानन्द नगरपालिका प्रमुख वीरबल राईले जानकारी दिनुभयो ।

फेरीबाट दैनिक करिब २०० बढी सवारीसाधन आवतजावत गर्न सक्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button