तपाईँ सुन्दै हुनुहुन्छः

पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य सम्पन्न

बैतडी । बैतडीको विमानस्थल कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । २०७५ असारमा सक्ने लक्ष्य सहित कालोपत्रे गर्ने कार्य शुरु भएको भएपनि ढिलो गरी कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो ।

माघ दोश्रो हप्ता विमानस्थल कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र अहिले किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले जानकारी दिनुभयो ।

विमानस्थल कालोपत्रे गर्ने कार्य लक्ष्य भन्दा झण्डै १८ महिनापछि सम्पन्न भएको हो । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाईको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिएको हो ।

यसका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button