तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियार कार्यालय बुटवल उजुरी बढ्दो, कर्मचारी नहुदा काममा प्रभावित

नेपालगञ्ज । , नेपालगञ्जमा पछिल्लो ६ महिनामा चार सय ५८ वटा उजुरी परेका छन् ।

सम्पर्क कार्यालयका प्रमुख गणेश गैरेका अनुसार बाँके, बर्दिया र दाङ जिल्लाबाट चार सय ५८ वटा उजुरी परेका हुन् । बाँकेमा २ सय १०, दाङमा एक सय ४२ र बर्दियामा एक सय ६ वटा उजुरी परेको गैरेले बताउनुभयो । ती मध्ये बाँकेमा ५६ वटा, दाङमा ३३ र बर्दियामा २२ वटा उजुरी फछ्र्यौट भएको छ ।

चार सय ५८ मध्येमा तीन सय ४७ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको उहाँले बताउनुभयो । उजुरी मध्येमा सबैभन्दा बढी संघीयको छ । संघीयमा एक सय ३९, शिक्षामा एक सय दुई, वनमा ५६, भूमिमा ४०, स्वास्थ्यमा २३, भौतिक, पूर्वाधार तथा यातायातमा १६, गृहमा १३, खानेपानी र शहरी विकासमा १० र अन्यमा २६ वटा उजुरी परेको कार्यालयले जानकारी दिएको छ ।

अख्तियारको नेपालगञ्ज कार्यालयमा उजुरी पर्ने क्रम बढिरहँदा जनशक्तिको कमीले अनुसन्धान छिटो हुन सकेको छैन । कार्यालयमा अहिले २८ जनाको दरबन्दी रहेको छ । अनुसन्धान अधिकृत तीन जना मात्रै छन् । प्राविधिक जनशक्ति अभाव रहेको छ । २९औं स्थापना दिवस मनाउने क्रममा अख्तियारले पत्रकारसँग अन्र्तक्रिया गरेको थियो । अख्तियारले पालिकाहरुमा अन्तरक्रिया पनि गरिरहेको गैरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button